दफा १३
प्रहरी कार्यालयमा बुझाउने
(१) संहिताको दफा ९ को उपदफा (८) मा उल्लेखित कसूर गर्ने व्यक्तिलाई कसूर गर्दाका बखत उपस्थित भएको वा कसूर भएको देख्ने व्यक्तिले त्यस्तो कसूर गर्ने व्यक्तिलाई भाग्न उम्कन नदिई अनुसूची -४ बमोजिमको ढाँचाको निवेदन सहित नजिकको प्रहरी कार्यालयमा बुझाउन सक्नेछ।
(२) उपनियम (१) बमोजिम कसूर गर्ने व्यक्तिलाई भाग्न उम्कन नदिई प्रहरी कार्यालयमा बुझाउने क्रममा कसूर गर्दाका बखत उपस्थित भएको वा कसूर भएको देख्ने व्यक्तिले अन्य व्यक्तिबाट आवश्यक सहयोग लिन सक्नेछ।